जलवायु परिवर्तन : प्रमोद नेपाल (लघुकथा)

जलवायु परिवर्तन : प्रमोद नेपाल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,चैत ९।

जलवायु परिवर्तनको सन्दर्भमा उच्च तहका राजनीतिज्ञहरूको विश्वव्यापी सम्मेलन चल्दै थियो । विभिन्न देशका नामुद राजनीतिज्ञले भाग लिदै थिए । ठूला विकसित देशका प्रतिनिधिहरूले जलवायु परिवर्तन विश्वका लागि ठूलो चुनौति भएको व्यहोराको निकै गहकिला भाषण ठोक्दै थिए ।
हामी नेपालमा बसेर सोच्दै थियौँ नेपालको सगरमाथा भन्दा बढी के प्रभावित भएको छ र !
त्यो सम्मेलनको लाइभ प्रशारण हामी घरमा बसेर हेरिरहेका थियौँ ।
“जलवायु परिवर्तन भन्छन् तर हामीले गर्दा त्यस्तो हुन्छ र ? हामी कहाँ न राम्रा कलकारखानाहरू छन् न त ठूला हतियार वा एटम बम बनाउने उद्योगहरू नै ।” मेरी श्रीमतीले बीचमै भनिहाली ।
मैले केही बोलिन मात्र सम्मेलनमा गरिरहेका सम्बोधन ध्यानपूर्वक सुनिरहेँ ।
“हैन, युरोपमा महिनौँ देखि युद्ध भइरहेकोछ त्यसले चाहिँ जलवायुमा असर पार्दैन र ? के भन्छन् यिनीहरू !” उसको कुरामा दम थियो ।
“हामीले त हेर्ने र सुन्ने मात्र हो, हाम्रो गन्ती के गर्छन् र स्वार्थीरूले ।” उसलाई बुझाउन खोजेँ ।
सम्मेलन चल्दाचल्दै बीचमा भङ्गेरामार अक्षरमा समाचार आयो, अमुक देशले अर्को देशमाथि विशाल बमबारी गरेकोछ । र ठूलो आवाज सहित धुवाँको मुस्लो उडी आकाश कालाम्य भएको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।