चार मुक्तक : भोज विवश मगर

चार मुक्तक :  भोज विवश मगर

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३०।

तिम्रो नाम बोलाउँदा मौसम बदलिन्छ, खुशी लाग्छ
हृदयको उजाडमा वसन्त झरिदिन्छ, खुशी लाग्छ
सबैसँग हाँस्न र बोल्न सक्छु म संसारकै अगाडि,
तर आत्मा तिमीमै आएर टक्क अडिन्छ, खुशी लाग्छ ।

रुख काट्दा काट्यौँ भविष्यको सास होस् पु¥यायौँ
नदी सुक्दा सुक्यो सभ्यताको आश होस् पु¥यायौँ
प्रकृतिसँग लडेर जितिन्छ भन्ने दुस्साहस गर्नु हुँदैन,
सक्दो संरक्षण जरुरी छ, यही हो खास होस् पु¥यायौँ ।

सत्य बोल्नेलाई नै आज पछाडि पारेपछि धिक्कार लाग्छ
झुटो भाषणमा ताली पिट्दै अघि सारेपछि धिक्कार लाग्छ
हात –हातमा आधुनिक उपकरण तर व्यवहार भने शुन्य भयो,
मान्छे धेरै भए पनि यहाँ मानवता नै हारेपछि धिक्कार लाग्छ ।

जागौं नेपाली अँध्यारोले कुम्ल्याएको मन उज्यालो बनाऔँ
टुटेका सपना सम्हाल्दै नयाँ भविष्यको बाटो पहिचान गराऔँ
भुइँमा ढल्दै बस्नु अब सम्भव छैन साहसको शिखर चुम्ने भए,
हामी भित्रै बलियो राष्ट्रियता छ, त्यसलाई फेरि पनि जगाऔँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।