चार मुक्तक : शुचिता काफ्ले

चार मुक्तक :  शुचिता काफ्ले

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३०।

स्वार्थी मानिसले जरो गाडेको शहरमा छु
निस्वार्थी बनेर बाँच्न पाऊँ यहि रहरमा छु
हुनेले खान्छ सबैथोक नहुनेलाई छैन केहि,
ति भोकाले खान पाउनु पर्छ भन्ने ठहरमा छु ।

पिपललाई साहारा दिने सधै उहि एउटा वर हुन्छ
यो मनले जितेको मान्छे सँग मात्रै गहिरो भर हुन्छ
धेरै देख्छु विस्वास माथि हमला गर्ने मैसासुरहरू,
तर्कनुु पर्छ बुझेर आफै आफन्त सँग पनि डर हुन्छ ।

नियत सोझै भएर हुन सक्छ छल गर्न सकिएन
भाग्यमा लेखेर नल्याएको कुरो बल गर्न सकिएन
सन्तुष्टि छु भो आनन्द लाग्छ अरूको राम्रो देख्दा,
निर्वाह चल्याछ आफ्नो भने मलजल गर्न सकिएन ।

कति राम्रो आफ्नै देशको भिरपाखा र पहराहरू
कल्कलाउँदा बगेका छन कञ्चन रूपी छहराहरू
करोडौंमा एक मात्रै छ आहा स्वर्ग मेरो देश नेपाल,
त्यसै माथि संजीवनी स्वरूप जडिबुटीका लहराहरू ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।