चार मुक्तक : सुस्मिता अधिकारी

चार मुक्तक : सुस्मिता अधिकारी

कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

राजतन्त्रमा देशमा गरेको कार्य पढौं
देशको विकासमा स्वार्थ त्यागेर अघि बढौं
नेपालीको एकताले ढोंगीलाई हराउला,
आफ्नै धर्म संस्कृति अंगालेर शिखर चढौं ।

यहाँ आस्थामा प्रहार गर्नेकै जयजयकार हुन्छन्
असत्यको प्रचार हुन्छ सत्यलाई चर्को स्वरले थुन्छन्
एउटा नभए अर्को गोटी चलाई चाल चाल्दा पनि,
अभिभावकको रिस फेर्न सन्तानले शत्रुलाई चुन्छन् ।

पालेपछि विषालु सर्प, उसले ओकल्ने विष नै हुन्छ
पग्लिन्न कसैको बलिदानले, मालिककै आदेश सुन्छ
गल्ति एउटाको देखाइन्छ अर्कोको पूरा हुन्छ योजना,
बेलैमा चिन्दैन पीडितले, घात गर्नेहरूकै पाउ छुन्छ ।

वितृष्णा पोख्न जनता आगोको भुम्रो भित्र छिर्दैछन्
नेपाल आमाको छातीलाई अन्जानमै चिर्दैछन्
विवेक लगाऔं नयाँ अनुहारले देलान् उस्तै धोका,
एकले भोग्यो शक्ति अब अर्कोले पैंचो तिर्दैछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।