काठमाडौँ-६ बौद्ध, टुसालबाट ६५ तोला सुन चोरी गर्ने चौधरी पक्राउ

काठमाडौँ-६ बौद्ध, टुसालबाट ६५ तोला सुन चोरी गर्ने चौधरी पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध, टुसाल नजिकै रिन्जी लामाको घरबाट ६५ तोला सुन चोरी गर्ने प्रेम चौधरी पक्राउ परेका हुन् । 

चौधरीलाई प्रहरीले महाकालबाट गोली प्रहार गरेर पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरीले मंगलबार दिउँसो करिब १ करोड ४ लाख रुपैयाँ भन्दा बढी मूल्यका सुनका गहना चोरी गरेका थिए ।

HIGHLIGHTSकाठमाडौँबाट दिउँसै सुन चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

चोरी भएको सूचना पाए लगत्तै अपरेशन सुरु गरेको थियो । सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चोरिएका गहनासमेत बरामद गरेको छ ।

तपाइँको प्रतिक्रिया ।