काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला बने ईश्वर पोखरेलको चुनावी कमान्डर
कपन अनलाइन ।
आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलको चुनावी अभियानलाई सशक्त बनाउने जिम्मेवारी दिपक निरौलाले पाएका छन्।
पार्टीभित्र संगठन निर्माण, रणनीति तय र जमीनी अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका काठमाडौं जिल्ला अध्यक्ष निरौलालाई पोखरेलको चुनावी कमान्डरको जिम्मेवारी दिइएको हो।
लामो समयदेखि विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा सक्रिय निरौलाले निर्वाचन क्षेत्र केन्द्रित रणनीति, कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार तथा प्रचार–प्रसारको सम्पूर्ण कमान्ड सम्हाल्नेछन्।
ईश्वर पोखरेलको निर्वाचन अभियानलाई नयाँ ऊर्जा दिने उद्देश्यले काठमाडौं -५ मा घरदैलो अभियान, टोलस्तरीय भेला, डिजिटल प्रचार र मतदाता अभिमुखी कार्यक्रमलाई तीव्र बनाइने तयारी गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
