गजल : रामकुमार श्रेष्ठ ‘फुच्चे’

गजल :  रामकुमार श्रेष्ठ ‘फुच्चे’

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

गाऊघरतीर अभाव छरे चोटमा छकि दशैँतिहार ।
द्वन्द्व कालको नमेटिने खोटमा छकि दशैँ तिहार ।।

उस्को भन्दा ठुलो खसी रिन काढेरै ढाल्नुपर्ने,
बली दिने मन्दिर भित्र कोटमा छकि दशैँ तिहार ।

मान्यजनको हातबाट जमरा र टिका थाप्दा,
आषीश नभै रुपैया र नोठमा छकि दशँैतिहार ।

झण्डीबुर्जा रोटेपिङले ऊत्साहित भै मनाउथ्यौ,
आज हागापात फूल र बोटमा छकि दशैँतिहार ।

पिऊदै होलान् कोहीभने लम्पसार बिचबाटो मै,
युवा मुग्लान झुपडी र गोठमा छकि दशैँ  तिहार ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।