फिर्ता गर बलिदानीको मुल्य : राम आचार्य पुष्पप्रेमी ( कविता )

फिर्ता गर बलिदानीको मुल्य : राम आचार्य पुष्पप्रेमी ( कविता )

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

ओ…. नाटकीय परिवर्तनका
कृतिम सुत्रधारहरू
कसैले पत्याउँदैनन् अब
तिम्रा नयाँ नेपालका
बाचा र कसमहरू ।
माग्दैन न्यायको भिख
अब कहिल्यै तिमीसँग
ती सहादत् प्राप्त बालिकाहरूका
छेद्बिच्छेद तस्विरहरूले ।
बोल्दैनन् अब कहिल्यै
वानेश्वरको सडकमा ढालिएका
अमर प्रेतात्माहरू ।
अनि
युग युग गिज्याई रहनेछन्
निरीह विद्यार्थी र अबोध
बालबालिकाका चिहानहरूले ।
मेटिदैनन् अब कहिल्यै
तिमीबाट मुक्तिको लागि
सडकमा पोखिएका
रगतका टाटाहरू ।

युगकै भष्मासुर भएर
परिवर्तनको नारा भित्र
बिद्रोहमा सहिद रोप्ने
तिम्रो चहानाहरू
ईतिहासलाई दास बनाएर
कलियुगको भिष्मपित्तामहः
बन्ने तिम्रा तिलस्वी सपनाहरू
बिपनामा रुपान्तरित हुँदैछन अब,
अब याद गर !
चाँडै साँवा ब्याज फिर्ता माग्नेछन
कयौ आन्दोलनमा पोखिएका ती
सच्चा बलिदानीका रगतहरूले,
फिर्ता लिनेछन
प्रत्येक क्रान्तिको भारको मूल्य
ती रगत पोखिएका सडकहरूले ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।