भोलि डा.राजन भट्टराईको चुनाव हाक्ने कमिटी घोषणा :पुरानै ढर्रा समाउलन कि आउला नयाँ योजना?

भोलि डा.राजन भट्टराईको चुनाव हाक्ने कमिटी घोषणा :पुरानै ढर्रा समाउलन कि आउला नयाँ योजना?

कपन अनलाइन

काठमाण्डौ,माघ ८।

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. राजन भट्टराईको तेश्रो पारीमा निर्वाचन हाक्ने कमिटीको भोलि माघ १० गते घोषणा हुदैछ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको मिलन चोक पार्टी भेन्युमा ११ बजे हुने वृहत कार्यकर्ता भेला आयोजना गरेर निर्वाचन परिचालन कमिटी घोषणा गर्ने तयारी गरिएको छ।

२०६४ देखि २०७९ शालको निर्वाचन सम्म लगातार चार पटक पराजय भोगेको नेकपा एमालेले यस पटक नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले क्षेत्र छोडेको मौकालाई उपयोग गर्दै जीत निकाल्ने रणनीति तय गर्ने निर्वाचन परिचालन कमिटी गठन गर्नुपर्ने चर्चा चलिरहेको समयमा भोलि निर्वाचन हाक्ने टिम सार्वजनिक गर्ने तयारीमा रहेका डा.भट्टराई सामु अवसर र चुनौती दुवै रहेको विश्लेषण गरिएको छ।

मनोनयन दर्ताको अन्तिम समयमा सभापति थापा सर्लाही क्षेत्रनं ४ गएपछि काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका डा.भट्टराईले निरन्तर चार वटा पराजित चुनाव हाकेका नेताहरुकै नेतृत्व,नीति,विधि र शैली संग आत्समर्पण गर्दै पुरातन सोचको टिम निर्माण गर्लान वा नविन प्रविधि मैत्री र गतिशील मोर्चा त्यसले परिचालनमा फरक पार्ने एक विश्लेषक बताउछन।

यसपटक काठमाण्डौ क्षेत्र नं ४ मा पुरानो मत बचाउने र नयाँ मत बढाउने योजनाको नेतृत्व र परिचालन गर्ने फ्रेस टिम आवस्यक रहेको बताउदै उनले विगतकै इतिहास दोहोरिए बहुआयामिक अशर पुग्न सक्ने अनुमान गरेका छन्।

उम्मेद्वारीमा मनोनयन पश्चातका केहि दिनको अभ्यास हेर्दा काठमाण्डौ क्षेत्र नं ४ मा डा.भट्टराईलाई बोकेर हिड्दै आफ्नो प्रभाव देखाउने पुरानै प्रचलनले जरा गाडला कि भन्ने डर भएको एक जिल्ला कमिटी सदस्यले बताएका छन। अहिले भौतिक कम र भर्चुवल बढी जनताको माझमा उपस्थिति हुनुपर्ने समय रहेको भन्दै उनले त्यस्तो संयन्त्र निर्माण र परिचालन गर्नुपर्ने बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।