चार मुक्तक : जमुना आचार्य कोइराला
कपन अनलाइन
काठमाण्डौ ,माघ ३ ।
चेतना र बलले फरक मूल्य पाउँछ
मान्यता र मूल्याङ्कनमा जति सजाउँछ
आँट जोश जाँगर भरिएको तन मन
साहससँगै सम्भावना जोडिँदै धाउँछ ।
भोको पेटले पहिले नै खाउँ अघाउँ भन्छ
अघाएपछि नै मनोरञ्जनमा जाउँ भन्छ
सुरक्षा सुविधा उपलब्ध पहिचान साथै
आफ्नो स्वयंको मार्ग चयनले सजाउँ भन्छ ।
गरिबको लागि त खाना जोहो गर्न गाह्रो
बालबच्चा पाल्नु र नाना सोझो भर्न गाह्रो
सुविधा अवसर कस्ता छन् अनभिज्ञता
पोषण, शिक्षा, स्वास्थ्य छाना गर्जो टार्न गाह्रो ।
कला सीप बाँच्ने आधार हो व्यक्त गर्छु सारा
जीवनको अमूल्य परिधि भर्छु अभिभारा
सिर्जना र पौरख हाम्रा खानी हुन् उपहार
गौरव साथ सजाउँदै पसिना छर्छु धारा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
