काठमाण्डौ क्षेत्र नं ४ मा आज निर्वाचन कार्यालय स्थापना हुन्, निर्वाचन अधिकृतमा कृष्णा भण्डारी

काठमाण्डौ क्षेत्र नं ४ मा आज निर्वाचन कार्यालय स्थापना हुन्, निर्वाचन अधिकृतमा कृष्णा भण्डारी

कपन अनलाइन

काठमाण्डौ ,माघ २।

काठमाण्डौ क्षेत्र नं ४ मा आज निर्वाचन कार्यालय स्थापना हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको जेष्ठ नागरिक भवनमा आज १०.४५ बजे सो कार्यालय उद्घाटन हुनेछ।

२०८२ साल फागुन २१ गते हुने निर्वाचनका लागि कृष्णा भण्डारीलाई निर्वाचन अधिकृत तोकिएको छ।  उच्च सरकारी वकिलको कार्यालय पाटनमा उप महान्याधिवक्ताका रुपमा रहेकी भण्डारीले सो निर्वाचन गराउने छन।

यस अघिको स्थानीय तह र प्रतिनिधि तथा प्रदेस सभाको निर्वाचन सम्पन्न गरेको सो जेष्ठ नागरिक भवन चपली घुम्ती नजिक रहेको छ। फोटो सौजन्य : बिएस्जी न्युज

तपाइँको प्रतिक्रिया ।