चार मुक्तक : गौतम अर्याल
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
मुक्तक १
इसारामा को ? भनेर सोधे तिम्रो नाम लिउँला
जिन्दगीभर अब आफ्नै बनि सँगसँगै जिउँला
कति पर सछ्र्याै भन्छु, नजिक बोलाउनलाई,
सुख सारा तिम्रो भयो, दुःख जति म पिउँला ।
मुक्तक २
के छर्छौ सुगन्ध खै, नजिक आइ छुन मन छ
पिल्सिएका पीडा हाम्रो सँगै बसि धुन मन छ
घरबारे हुँ गाल पर्छ भन्छ्यौ र त टाढा हुन्छ्यौ,
सयौँ जुनिसम्म यो मनलाइ तिम्रै हुन मन छ ।
मुक्तक ३
नबोलेरै सक्ने रहेछौ किन माया मार्न खोज्यौ
हुर्किदैको माया हाम्रो त्यसै अन्त सार्न खोज्यौ
सपनीमा देख्छु अचेल बिपनिलाइ तस्विर छ
अनुपम यो जिन्दगीलाई नफक्रदै झार्न खोज्यौ ।
मुक्तक ४
कहिले झर्कन्छ्यौ कहिले तर्कन्छ्यौ भन के बुझौँ
घरि यता हेछ्र्यौ घरी उता फर्कन्छ्यौ भन के बुझौँ
लाग्दोरहेछ आश अझै माया छ कि तिम्रो त्यो हृदयमा,
कहिले पिलाउछ्यौ कहिले छर्कन्छ्यौ भन के बुझौँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
