चार मुक्तक : रबिन्द्र आशिष शैली
कपन अनलाइन
काठमाण्डौ ,पुस १९।
मुक्तक १
आँसुको पनि केही गुण होला
यसैले उसँग बसेको नुन होला
छुटिन्न कहिले साथसाथ हुन्छ,
यो सम्वन्धको नाम कुन होला ।
मुक्तक २
चिन्न नखोज्नेलाई जरुरी छैन चिन्न
एउटै मान्छे पनि अचेल देखिन्छ भिन्न
उडे बेलुन भएर माथि माथि तिमी,
झर्नु पर्छ फुटेर त्यो दिन फेरि फर्किन्न ।
मुक्तक ३
ठिक छ तिमीले जित्यौ तर म हारेको छैन्
तिमीले भूलेपनि मैले सम्झन छाडेको छैन
मेरो मनमा तालझै अझै जमेकि छ्यौ तिमी,
भो तिमी फर्किन्छौ भने आश पालेको छैन ।
मुक्तक ४
खुसि कहाँबाट कसरी आउन्छ यो थाहा छैन
चाहनु पर्छ खोज्यो भने खुसि यो काहाँ छैन
आफै भित्र छ खुसिको मुहान देखेनौ तिमीले,
धन दौलतमा खोज्यौ भने खुसि यो वाहाँ छैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
