चार मुक्तक : राम रावल सागर

चार मुक्तक : राम रावल सागर

कपन अनलाइन

काठमाण्डौ ,पुस १३ ।
मुक्तक १
पत्रकार, भन्दा पनि राम्रो त हेर्नुहोस पत्रकारिता हुनु पर्छ
लेख्दा, दिन दुःखीहरूको, मन भित्रको अवाज, छुनु पर्छ
भ्रस्टाचार घुस खोरी, चुस्ने जुका हरूको भन्डाफोर गरेर,
साच्चिकै देश बनाउने हो भने सत्य कुरामा कलम रुनु पर्छ ।
मुक्तक २
हीरा झैं नटल्किने, एउटा सुन हुन्छ, अर्को फलाम हुन्छ
समय ठाउँ अनुसार, सबै चिजको, आ–आफ्नो दाम हुन्छ
अरु बेला जति, हाम्रो समाजले छि छि र दुर्र दुर्र गरे पनि,
देख्नु भएन, अछुतले बनाएको सामान, पुजामा काम हुन्छ ।
मुक्तक ३
त्यति ठूलो मान्छे बनेर हिँड्ने मनमा रहर त हुँदै हुँदैन
बिहान खाई साँझ कहाँ सुत्ने आफ्नै भर त हुँदै हुँदैन
सडक पेटि गल्ली गल्लीमा जन्मि हुर्केका जति सबैको,
कठै नेताको जस्तो भाग्य अनाथको बस्ने घर त हुँदै हुँदैन ।
मुक्तक ४
हिजो जस्तो आयौं, भोलि त्यस्तै जाने, चलिआएको, रित हो
कसैलाई ढिलो, कसैलाई चाडो लैजाने, भगवान्को, जीत हो
दुईदिन बाचुन्जेल, अजम्बरी झैं किन गर्छन, घमण्ड मान्छेले,
जन्मेपछि, मृत्यु त आखिर, तपाईं हामी सबैको, निश्चित हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।