चार मुक्तक : नवराज भट्ट
कपन अनलाइन
काठमाण्डौ ,पुस १३ ।
मुक्तक १
संघर्ष नगरिकन संसारमा कोही ठूलो भएको छैन
नदी तर्दा पानीसँग नलडेर कोही पारी गएको छैन
भाग्यमा जे छ त्यही पाइन्छ भनेर बस्दा पाइन्न केही,
या बुझ्नु जरुरी छ भाग्यहीन यहाँ कोही रहेको छैन ।
मुक्तक २
जो कोही पनि मर्दा सबैले अन्तिममा घाटमा जाने हो
धनसम्पत्ति साथमा जाँदैन केवल कर्म साथमा लाने हो
यत्तिकुरा जान्दाजान्दै किन पर्छन् फेरि मान्छे मोहमा,
मन्छले धानदौलत खाने होइन पेट भर्न अन्न खाने हो ।
मुक्तक ३
अरुलाई बाधा नपुग्ने गरि काम गर्दा कसैले रोक्दैन
कानुन बिपरित काम गर्नेहरूलाई भने कसैले बोक्दैन
अरुलाई बाधा नगरि हिँड्दा मात्र सही ठाउँमा पुग्ने हो,
बाधा गरियो भने मात्र नत्र सर्पले पनि अरुलाई टोक्दैन ।
मुक्तक ४
असत्य कुरालाई सत्य हो भनी कसैले हल्ला चलाउन सक्छन्
त्यसैको लहलहीमा लाग्नेहरूले जताततै आगो लगाउन सक्छन्
कान कागले लग्यो भने कान छाम्नु पर्छ खोज्न दौडिने होइन,
यस्ता गैह्र जिम्मेवारहरूले देश विदेशीलाई बुझाउन सक्छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
