के गर्यौ जेनजी तिमीले ? जमुना आचार्य कोइराला
कपन अनलाइन
काठमाण्डौ ,पुस १२।
सुशासनको माग
राख्दै नारा लगायौ
भ्रष्टाचार र कुशासनको
अन्त्य गर्न खोज्यौ
गलत नियतलाई
पर्दाफास गर्न खोज्यौ
बलात्कारी र हत्याहिंसाको
अन्त्य गर्न खोज्यौ
चोर र डाकाहरूलाई
सजाय सुनायौ
आधुनिक प्रविधि र सञ्चारको
माध्यम बन्न खोज्यौ
देशमा कायापलट
ल्याउन खोज्यौ
तर त्यसको बिडम्बना
युवाको नेतृत्व खै ?
युवाको पहिचान खै ?
युवाको बेरोजगारी हटेको खै ?
भन्नु नपरोस्
युवाको लागि
मियो जमाउनु छ
युवाले शासन गर्नु छ
युवाले देश चलाउनु छ
अब पछि हट्ने होइन कदापि
देशलाई सुशासन ल्याउनबाट छोड्ने होइन
साथ सहयोग भरपुर
जनताको हुने छ
युवा पलायन हुनबाट रोक्नु पर्छ
देशमा नयाँ विकासको
बाटो खुलाउनु पर्छ
देशलाई विश्व प्रतिस्पर्धामा
उभ्याउन सक्नु पर्छ
नियम र कानुन सबैलाई लाग्नु पर्छ
स्वतन्त्रतायुक्त
लोकतन्त्रात्मक गणतन्त्रले
देशमा परिवर्तन ल्याउनु पर्छ ।
मौनताको ओठ खोल्नु पर्छ
जरैदेखि भ्रष्टाचार अन्त्य गर्नु पर्छ
यतिले नि पुगेन भने
शान्तिपूर्ण आन्दोलन
अझै गर्नु पर्छ
भन्न नपरोस् कि !
के ग¥यौ जेनजी तिमीले ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
