महाधिवेसन प्रतिनिधि छनौटको चुनावी मैदान छोड्ने पक्षमा छैन : श्री कृष्ण श्रेष्ठ

महाधिवेसन प्रतिनिधि छनौटको चुनावी मैदान छोड्ने पक्षमा छैन : श्री कृष्ण श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ,मङ्सिर १२।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव श्री कृष्ण श्रेष्ठले मङ्सिर १३ गते हुने महाधिवेसन प्रतिनिधि निर्वाचनको प्रचार अभियान शुरु गरेका छन।

सामाजिक संजालमा प्रचार सामाग्री राख्दै यस पटक चुनावी मैदानमा दरिलो तरिकाले उत्रने तयारी गरेका श्रेष्ठले काठमाण्डौ क्षेत्र नं ४ का १४ वटै शाखामा सम्पर्क बढाएका छन।

आफु कुनै पनि हालतमा चुनावी मैदान नछोड्ने अडान राखेका श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ४ को सह सचिवका रुपमा काम गरिसकेका नेता हुन् भने उनले जनप्रतिनिधिका रुपमा पनि काम गरिसकेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा निर्वाचित भएर उल्लेखनीय काम  गरेका श्रेष्ठले पार्टीको निर्देशन मान्दै २०७९ सालको निर्वाचनमा संगठनमा सक्रिय बनेर जिताउन महत्वपूर्ण भूमिका निर्वाह  संगै अहिले उनलाई महाधिवेसन प्रतिनिधिमा दरिलो दावेदार मानिएको छ।

साविक चुनिखेल गाविस रहेको अवस्थामा स्थानीय विकास निर्माणमा सक्रिय रहेर सामाजिक व्यक्तित्वको पहिचान बनाएका श्रेष्ठले २०७९ सालको स्थानीय तहको निर्वाचनमा प्रचारको कमाण्ड सम्हाल्दै सुखद नतिजा ल्याउन गरेको मेहनतको चर्चा काठमाण्डौ क्षेत्र नं ४ मा हुने गरेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।