म कुनै पनि हालतमा महाधिवेशन प्रतिनिधि छनौटको मैदान छोड्दिन : संगम गहतराज

म कुनै पनि हालतमा महाधिवेशन प्रतिनिधि छनौटको मैदान छोड्दिन : संगम गहतराज

कपन अनलाइन

काठमाण्डौ,मङ्सिर १२।

नेकपा एमाले बागमती प्रदेसका सल्लाहकार कमिटी सदस्य सुकुलाल सुनार (संगम) ले यस पटक हुने महाधिवेसन प्रतिनिधिको चुनावमा आफ्नो उम्मेद्वारी कायम रहने बताउदै कुनै पनि हालतमा मैदान नछोड्ने बताएका छन।

पछिल्लो समय भएको बागमती प्रदेस कमिटीको अधिवेसनमा केहि नेताहरुले अन्तिम समयमा धोका दिए पछि सक्रिय राजनीतिबाट टाढा पारिएका गहतराज यस पटक महाधिवेसन प्रतिनिधिका लागि दरिलो रुपमा उभिने तयारी गर्दै सम्पर्कलाई निकै बाक्लो बनाएका छन।

साविक प्ररायु संघको आधारभूत तह देखि संगठित भएर नेकपा एमालेको आन्दोलनमा सक्रिय रहदै विभिन्न जिम्मेवारी बहन गरेका गहतराजले यस पटक निर्वाचनमा गएर भएपनि महाधिवेसन प्रतिनिधिमा चयन हुने तयारी गरेका छन।

लामो समय नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा रहेर काम  गरेका  सुनार नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव ,सह संयोजक हुदै संयोजक समेत बनेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का स्थायी बासिन्दा रहेका सुनारले २०७४ सालको स्थानीय तहमा  नगर कार्यपालिका सदस्यमा निर्वाचित बन्दै विधायन समिति संयोजकको भूमिका निर्वाह गरेका थिए।

नेकपा एमालेको बागमती प्रदेस कमिटी सदस्यका रुपमा काम गरिसेका गहतराज हाल  प्रदेश सल्लाहकार रहेका छन भने उनले मुक्ति समाजको केन्द्रीय सदस्यका रुपमा पनि योगदान पुर्याएका छन।

 

तपाइँको प्रतिक्रिया ।