काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने राजन कुमार पोखरेलको तयारी
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ६।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक राजन कुमार पोखरेलले नेकपा एमालेको ११ औ महाधिवेसनमा प्रतिनिधिका लागि उम्मेद्वारी दिने तयारी गरेका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का संयोजक समेत रहेका पोखरेलले आफु स्वाभाविक दावेदार रहेको बताउदै आन्तरिक परामर्श सुरु गरे संगै नेकपा एमालेमा बेग्लै तरंग पैदा भएको छ।
करिव २५ वर्ष देखि सहकारी क्षेत्रमा सक्रिय रहेका पोखरेल यस अघि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव समेत रहिसकेका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सदस्य तथा सहकारी विभाग प्रमुख समेत रहेका पोखरेल नेपाल ह्यान्डबल संघका उपाध्यक्ष समेत रहेका छन।
स्थानीय तहको निर्वाचन परिचालन कमिटीको सचिवालय सदस्य तथा अनुगमन समिति प्रमुख रहेर सफलतापुर्वक जिम्मेवारी बहन गरेका पोखरेल राजनीति संगै विभिन्न व्यवसायिक र सामाजिक संघ संस्थाहरु संग आवद्ध रहेका छन।
बुढानिलकण्ठ नगरपालिकाका ८ वडा रहेको प्रदेस क्षेत्र नं २ का संयोजक समेतरहिसकेका पोखरेललाई स्वाभाविक र शशक्त दावेदार मानिएको छ ।
