चार मुक्तक : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ६।
सम्झिनेले नसम्झिएपछि कस्को के लाग्छ र ?
नदेखे झँै गरी तर्किएपछी कस्को के लाग्छ र ?
एकहोरो माया कतिन्जेल पो गर्न सकिन्छ हजूर
यता बोलाउदा उता फर्किएपछी कस्को के लाग्छ र ?
न माया गर्नेले यती माया गर्छु भनेर देखाउन सक्छ
न माया पाउनेले धेरै पाएको छु भनि बताउन सक्छ
सङै बस्दा कुरै मिल्दैन झगडा मात्रै गरेर बित्छ दिन
न प्रतापको रानी न मुनामदन खै के गरी इतिहास लेखाउन सक्छ ।
मनको भारी बिसाउन आजकल त न भन्ज्याङ भेटिन्छन न चौतारी
ठिक छु या बिरामी छु भन्नलाई पनि न आफ्ना न भेटिन्छ्न दौतरी
बिहान बेलुका छाक टार्न घोटिरहेका छ्न हातखुट्टा अझै पनि
सन्तान बिदेसिए आफन्त टाढिए र पनि हिड्दैछ्न एक्लै भौतारी ।
अरुको देशमा बसेर हिउ सोर्नुभन्दा आफ्नै देशमा बसी भकारी सोर्नु बेश
अरुको देशमा नङ्रा खियाउनुभन्दा आफ्नै देशको माटोको ड्ल्ला फोर्नु बेश
सांसरिक रङमञ्चमा रहे पनि भूल्दैनन् आफू जन्मे हुर्केको ठाउँ
धिक्कार्छ आफैले आफैलाई र भन्छ बरु आफ्नै देशमा भोकै मर्नु बेश ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
