धर्ती उहीँ आखिर : बासुदेव पौड्याल (भद्र)

धर्ती उहीँ आखिर :  बासुदेव पौड्याल (भद्र)

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।

सत्तामा बदलाइ भो पद गयो छाला जोगाइ भयो
आगोमा घर दग्ध नष्ट हुनुमा कस्को थियो दोष त्यो ? ।
सेना शस्त्र सशस्त्र जासुस सबै बेकाम नामञ्जुर
डेरा पाउन कष्ट नाम अमिलो धर्ती उहीँ आखिर ।।

छैनन् शब्द सहानुभूति बिचरा आगो खरानी यहाँ
स्वार्थी कार्यकलाप कारण भयो कुण्ठा निरासा जहाँ ।
राम्रो कार्य खराव नीति बिधिमा ओझेल छाया भयो
जिद्दी दम्भ अटेरी छुद्रपनले सर्बस्व स्वाहा ग¥यो ।।

छाला पाँच मिनेटको अवधिमा भागेर जोगाउने
जिद्दी कारक ध्वस्त खण्डहरमा स्वदेश तड्पाउने ।
लाछी लाज पचाइ गर्छ नखरा सत्मार्ग उच्चारण
एक्लो नायक पात्र मात्र अहिले साथी कहाँ छन् भन ? ।।

कित्ता देश बनाउने सब जुटौं सत्ता निस्वार्थी बनी
सैबैधानिक मार्ग एकमतले संकल्प साझा गरि ।
धर्ती कानुनमा बराबर सबै बन्ने सुनौलो दिन
कैले ? देख्न र भोग्न मा रहर भो ? नेपाल लाई किन ? ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।