श्री जनजागृति माध्यमिक विद्यालयमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ४ ।
श्री जनजागृति माध्यमिक विद्यालय, मेलम्ची–११, सिन्धुपाल्चोकले बिज्ञान विषयका शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय तथा शिक्षा विकास तथा समन्वय इकाइको निर्देशनअनुसार एक जना माध्यमिक तहका शिक्षक माग गरिएको विद्यालयले जनाएको छ।
प्रकाशित सूचनाअनुसार दरखास्त दिने उम्मेदवारले सम्बन्धित विषयमा स्नातक वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ।
पद संख्या: १ (एक)
तह: माध्यमिक
विषय: बिज्ञान
उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।
छनोट प्रक्रिया
लिखित, मौखिक तथा आवश्यकताअनुसार परीक्षा लिइने विद्यालयले जनाएको छ।
दरखास्त दिने स्थान
उम्मेदवारले विद्यालयमा प्रत्यक्ष रुपमा वा इमेल it.janajagriti@gmail.com मार्फत दरखास्त बुझाउन सक्नेछन्।
साक्षात्कार तथा परीक्षा मिति पछि सूचित गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
