चार मुक्तक : प्रमोद नेपाल

चार मुक्तक : प्रमोद नेपाल

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।
आमा
(१)
आमाको स्नेहको तुलना कदापि हुन सक्दैन
उनको आशीर्वाद रहुञ्जेल कसैले छुन सक्दैन
कपुतहरू बग्रेल्ती हुन्छन् आमालाई पनि पिर्ने
तर सन्तानको दुःखमा आमाझैँ कोही रुन सक्दैन ।
(२)
आमा आफ्नो हुन् वा हुन् नेपाल माया गर्नुपर्छ
प्रारब्ध अनुकूल यत्तिकै बन्दैन माया छर्नुपर्छ
मुहार अँध्यारो बनाई मनमा कुभाव राख्छौ भने
दैवले सोच्लान त्यसतालाई दिएको माया हर्नुपर्छ ।
(३)
आमा हुन् धरणी हाम्री दुःख कष्ट अति सहन सक्ने
सन्ततिलाई भोजन दिई आफू भोकै पनि रहन सक्ने
ममताकी खानी ती धात्रीलाई हेलाँ कत्ति नि गर्छाै भने
व्यर्थ तिम्रो जन्म आमालाई आमा नि न कहन सक्ने ।
(४)
आमा हुन् शिक्षिका शिशुका क ख रा सिकाउने
आमाकै तालिमले ठूलो भई आफूलाई बिकाउने
गरिन के र आमाले भनेर यदि भन्छ कुनै कपुत
दुत्कार्नु जो देख्दैन गरेको उसकै जीवन टिकाउने ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।