चार मुक्तक : क्षितिज बिरु राना
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २२।
मुक्तक १
यो मन भित्रको खुसी हराउँछ बेलाबेला
आफै देखि जिन्दगी डराउँछ बेलाबेला
यो दुनियाँ स्वार्थमा ज्यानै लिन्छ किन
बेहोस मै हुन्छ जिन्दगी कराउँछ बेलाबेला
मुक्तक २
ख्याल् राखौं पाइलामा बदाल लिनेछन्
अनगिन्ती पिडाको जवाफ् पथरले दिनेछन्
जिन्दगी रित्तो हुँदा कोहि हुदैन्न आफ्नो मित्र,
यो मनलाई जलाउन आफ्न्त शिरमा उभिनेछ्न ।
मुक्तक ३
सफल र सक्षम सकिन बन् कुरा काट्न्छ्न
यो जिन्दगी भएन सप्पन् कुरा काट्छन्
आफ्नाहरू नै घमण्ड, अहङ्कार गर्छ मित्र,
सिकाउछ्न सधैँ जरा खन् कुरा काट्छन् ।
मुक्तक ४
आफ्नो बेच्न रगत, पसिना परदेश जानुपर्छ
समस्या टार्न झिना, मसिना परदेश जानुपर्छ
काधँमा जिम्मेवारीको भारीले थिचिए पछि यहाँ,
साहुको ऋण तिर्न कम्मर कसिना परदेश जानुपर्छ ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
