चार मुक्तक : महेशराज खरेल
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
बुझेको जानेको भन्दाभिन्नहुनलाई
अगाडि बडेको थियो ऊ जून छुनलाई
कहाँ बिरायो बाटो उस्ले चालै पाएन
कल्पेको खुशी परीणाम पायो रुनलाई
सबैले जाने बुझेको सत्ताको खेल
पवित्र शुद्ध हुँदैनत्यहाँ रहन्छ झेल
के भयो र ! भएहस्तिनापुरको राज
नभएचपरी मुनीको पिउने हो तेल
अस्तिमलाई मात्र हेरेर मेरै निम्तिबनाएँ
आजपनि मेरै निम्तिमात्रभनेर म रनाएँ
गल्तिकहाँ गरेँ र ! मैले रिसाउँछौ महोदय
सत्ता सर्वत्र मेरै निम्तिहो भनेर सधै जनाएँ
बुझ्ननबुझ्नु तिम्रो कुरा हो म आफ्नै बाटो सरिरहेकोछु
सुझ्नु नसुझ्नु तिम्रो कुरा हो म आफ्नै आटो चरिरहेकोछुु
कस्ले पर्गेल्नु पथ्र्याे र ! कल्पना र यथार्थ एकै हुनेभएहजुर
गुन्नु नगुन्नु तिम्रो कुरा हो म मेट्न आफ्नै राँटो लरिरहेकोछुु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
