सेदोका : शान्तिनारायण श्रेष्ठ

सेदोका :  शान्तिनारायण श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १५।

१. हामी नेपाली
बीरका हौ सन्तती
शान्तिका हौं पुजारी
सोचौं साथी हो
रोइ बाँच्नु भन्दा त
हाँसी मर्नु जाती हो ।
२. यही भूमिमा
श्रम सीप लगाई
जोस जागर चलाई
कर्म गरेर
धन हामी कमाउ
पौरखमा रमाउँ ।
३. भाइ बैनी हो
तिमी हामी मिलेर
फूल जस्तै खिलेर
छरि सुवास
यही देश सजाउँ
विदेशमा नजाउँ
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।