आयो दशैँ तिहार : विष्णु भट्टराई ( कविता )

आयो दशैँ तिहार : विष्णु भट्टराई ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १।

आयो भन्छन दशैँ तिहार
छैन उमग गाउ शहर
सत्ताको उन्मंताले गरायो खरानी
बिते युवा ७ ६ जना छिनभरी
रगतको टाटा दाग ओभाएको छैन
सत्ताको लोभले अहंकारी निदाएको छैन
अझै भन्दैछ देशी बिदेशी खेल
उचाल्दै छ आफ्नु झोले खेल
रितिएका कोख हेर गाउशहरमा
उनीहरूको बिरह सुनिदिनेको छ यहाँ
छैन रमझम यो साल
देश नै रोएको छ आज
मनौंला दशैँ तिहार अर्को साल
सक्नुपर्छ देशमा बेथिति र अत्याचार
जुटौं नव युवा हो नमानी हार
सकिएको छैन यिनीहरूको अत्याचार
यहि दशैँ तिहारमा सङ्कल्प गरांै
अत्याचारी भ्रस्टाचारि सधैँलाई रोकौं
ति बेथिति अन्त्य पछि आउनेछ फेरि नयाँ बिहानी
मनाउने छौं हामी रंगिन बिहानी
त्यहि हुनेछ हाम्रो दशैँ र तिहार ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।