पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल : फ्रिडम र चावहिल उपाधिनजिक

पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल : फ्रिडम र चावहिल उपाधिनजिक
कपन अनलाइन
काठमाण्डौ, असोज २८।

फ्रिडम फाइटर ‘बी’ र चावहिल स्पोर्ट्स क्लब ‘ए’ पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
चावहिलमा भइरहेको प्रतियोगितामा फ्रिडमले कैलालीलाई ६–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ विजय महतले २ तथा प्रकाश राना मगर, कृष्ण मालाकार र कन्या गुरुङले समान १–१ गोल   गरे । बाँकी १ गोल आत्माघाती थियो ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा चावहिलले बानेश्वर फ्रेन्डसिपलई १–० गोलले हरायो । नितिन गुरुङले निर्णायक गोल गरे । चावहिलका गोलरक्षक सचिन श्रेष्ठ ‘म्यान अफ द म्याच’ बने ।
फाइनल बुधबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

तपाइँको प्रतिक्रिया ।