मनमोहन कार्डियोथोरासिक सेन्टरमा १५ जना स्टाफ नर्स माग !

मनमोहन कार्डियोथोरासिक सेन्टरमा १५ जना स्टाफ नर्स माग !
कपन अनलाइन
काठमाण्डौ, असोज २८।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जले करार सेवाका लागि १५ जना स्टाफ नर्स पदमा आवेदन खुला गरेको छ।

सेन्टरले सोमबार प्रकाशित सूचनाअनुसार अस्थायी दरबन्दीमा एक वर्ष अवधिका लागि स्टाफ नर्स पदमा करार सेवा पूर्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

पद विवरणः

  • पद: स्टाफ नर्स

  • संख्या: १५ जना

  • शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट Nursing विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने।

  • तलब: रु. ४९,००१ (मासिक)

आवेदन प्रक्रिया र मिति

  • आवेदन दिने अन्तिम मिति: २०८२/०७/१९ गतेदेखि २०८२/०७/३० गतेसम्म।

  • ढिलो शुल्कसहित आवेदन दिने मिति: २०८२/०७/३१ गते साँझ ५:१५ बजेभित्र।

  • लिखित परीक्षा मिति: २०८२/०८/०५ गते (केन्द्र र समय पछि प्रकाशित गरिनेछ)।

आवेदन दिने तरिका

इच्छुक उम्मेदवारले सेन्टरको वेबसाइट https://vacancy.mctvtc.org.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

आवश्यक कागजातहरू

१. नागरिकताको प्रमाणपत्र
२. शैक्षिक योग्यता प्रमाणपत्र
३. नर्सिङ काउन्सिल दर्ता प्रमाणपत्र
४. हालसालै खिचिएको पासपोर्ट साइज फोटो
५. आवश्यक परे विदेशी प्रमाणपत्रको नेपाल सरकारले तोकेको समकक्षता प्रमाणपत्र

सेन्टरले उमेर सीमा १८ देखि ४० वर्ष भित्रका उम्मेदवारलाई मात्र आवेदन दिन आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।