बुढानिलकण्ठ-६ मा खड्का भद्रकाली स्वास्थ्य चौकी भवन निर्माण शिलान्यास
कपन अनलाइन
काठमाण्डौ, असोज २७।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा खड्का भद्रकाली स्वास्थ्य चौकी भवन निर्माण शिलान्यास गरिएको छ।बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त भवन निर्माणको शिलान्यास गरेका छन ।
वडा नं ६ मा रहेको सो स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न रुपमा संचालन गर्नका लागि सो भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष रवी खड्काले जानकारी दिएका छन।
सो भवन निर्माण शिलान्यासमा नगर उपप्रमुख अनिता लामा, जन स्वास्थ्य महाशाखाका प्रमुख कुमार प्रसाद दाहाल, वडा सदस्यहरु मुना महर्जन, मेनुका भुषाल, सुनिल महर्जन सहित स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।
