विधि : डा.छायाँदत्त न्यौपाने (किशोर कविता)

विधि : डा.छायाँदत्त न्यौपाने (किशोर कविता)

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

जेनजी युवा साथी हो
सोच तिम्रो जाती छ
मन तिम्रो आँटी छ
अरुभन्दा माथि छ

सुशासनको मुद्दा यो
जोस जाँगर उच्च छ
सुझबुझ विवेकी
पाको मान्छे खाँचो छ

बेथिति र भ्रष्टाचार
जरा जरासम्म छ
काला पछि गोराको
रीति थिति उस्तै छ

अनुभवी खोजेर
इमानदार रोज्ने हो
उत्पादनको साँचोमा
कर्मयोग जोड्ने हो

बेथिति यो चिरेर
स्वच्छ शासन गर्नु छ
फोहोर मैला फालेर
सङ्कटमुक्त हुनु छ

नीर धीर क्षीरले
चुनौती यो जित्नु छ
पार्टी पछि नलागी
विधिसम्मत हिँड्नु छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।