मुक्तक : दीपा शाही रावत
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
कमजोरि अनि शिथिल तिम्रो तन देख्दै छु
स्वार्थ र अहमताले भरिएको मन देख्दै छु
कस्तो शहर चारैतिर फटाहा र जालीमात्र
बेशरम र घिन लाग्दो प्रवृत्तिझन देख्दै छु ।
सुख दुःख पालैपालो आउँछन् भुल्दै रमाऊ
आफ्नै देशमा नङ्रा खियाएर धनकमाऊ
फर्केर हेर हाम्रो प्रिय देश कति सुन्दर छ
मौलाए भ्रष्टाचारी सत्य तथ्य हेरी समाऊ ।
जिन्दगीमा बारम्बार आँखामा बादल बढेर आयो
जीवन तलाउ हुदैहुदै अश्रु धारा झरेर आयो
दर्दको दरबार नै रहेछ पराई त पराई रहेछ
सम्बन्धको डोरी चुंडाउनलाई उ छलेर आयो ।
फूलै फूलले सजिएको जिन्दगीहजारको उत्साह
मुटु भित्र बल्झिएको घाउमा उपहारको उत्साह
जीवनजीवन जस्तो यहाँ छ र महोदयकहाँ
जिन्दगी रङ्गिनभए प्रेममा दरबारको उत्साह ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
