बुढानीलकण्ठ–११ मा सार्वजनिक जग्गा नापजाँच गर्ने, डोजर चल्ने सम्भावना ?

बुढानीलकण्ठ–११ मा सार्वजनिक जग्गा नापजाँच गर्ने, डोजर चल्ने सम्भावना ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १८।

बुढानीलकण्ठ नगरपालिका–११ को वडा कार्यालयले सार्वजनिक जग्गा तथा सरकारी सम्पत्ति संरक्षणका लागि नापजाँच प्रक्रिया सुरु गर्ने भएको छ।

नगरपालिकाको सार्वजनिक जग्गा तथा सरकारी सम्पत्ति संरक्षण र उपयोग समितिको प्राविधिक टोलीसहितको सहकार्यमा वडा नं. ११ अन्तर्गतका विभिन्न स्थानका जग्गाहरूको नापजाँच एक सातापछि हुने भएको सूचना वडा कार्यालयले जारी गरेको छ।

नापजाँच हुने स्थानहरू:

  1. पैयाटारको सार्वजनिक जग्गा (सिट नं. १०२-०६५९-०६, कित्ता नं. ९१६)

  2. बस पार्क (सिट नं. १०२-०६५८-०४, कित्ता नं. ५)

  3. जंगलदेवी पार्क (सिट नं. १०२-०६५९-०६, कित्ता नं. १३१)

  4. सन्तोषी माता मन्दिर नजिकको सार्वजनिक जग्गा (सिट नं. १०२-०६५९-०३/०४, कित्ता नं. ४५५, ४५३)

वडा अध्यक्ष राम अधिकारीले जारी गरेको सूचनामा तोकिएको मितिमा सम्पूर्ण सरोकारवालाहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।