दयादान : सन्तोष कुमार पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
दावानलमा दीनहरू दन्किदा
दयालु दीनेश दस दिशा दर्शेला
दुखको दलदलमा
दबिएकाहरू
देउ द्रष्टा दिगम्बर
द्यौ लोकबाट दर्केला
दरर दरर
दर्पाग्निका दियाहरू दबाऊ !
दयाले दिलमादर्द देला
दम्भको दमाहादलिनेछ
दर्दरी दर्किनेछ दूर देस
दिब्यांगनाहरू देवीमा दर
दर दरमा दयादान देऊ
दानवीरमा दर
दयावीरमा दर !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
