सीसीआरसी र प्रिमियरको जित
कपन अनलाइन
काठमाडौँ, भाद्र १ ।
सीसीआरसी र प्रिमियरले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसीले पुष्पसदनलाई ६३–३२ ले सहजै पराजित ग¥यो । सीसीआरसीका सुरेश मगरले १४ अंक जोडे ।
पहिलो क्वाटरमा १६–१० को अग्रता बनाएको सीसीआरसीले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमशः १५–११, १७–९ र १५–२ स्कोर ग¥यो। समूह चरणमा दुवैको पहिलो खेल हो ।
प्रिमियरले बर्नहार्टलाई ५२–२३ ले हराउदै लगातार दोश्रो जित दर्ता ग¥यो । प्रिमियरका प्रथमले १३ स्कोर गरे । दुई खेलमा बर्नहार्टको पहिलो हार हो ।
प्रिमियरले सुरुका ३ क्वाटर क्रमशः २५–८, ७–१ र १२–२ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा गरेको थियो । चौथो तथा अन्तिम क्वाटरमा प्रिमियर ८–१२ ले पछि प¥यो ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलमा भएको समूह चरणका अन्य खेलमा जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले सफलता पाए । दुवैले समान २–२ खेल खेलेका छन् । जेभियरको लगातार दोश्रो जित हात भने टाइम्स पहिलो जित निकाल्न सफल भयो ।
जेभियरले मल्पीमाथि ७५–४१ को आरामदायी जित रच्यो । जेभियरका आशिषले २४ अंक बटुले । तेश्रो क्वाटर बाहेक जेभियर सबैमा अगाडि रह्यो । जेभियरले पहिलोमा २६–६, दोश्रोमा ११–२ र चौथोमा २२–१७ को प्रदर्शन ग¥यो । तेश्रो क्वाटर १६–१६ को बराबरीमा सकियो ।
टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘बी’ लाई ३३–२२ ले पन्छायो । टाइम्सका भिजनले १८ अंक जोडे । टाइम्सले पहिलोमा ८–३, दोश्रोमा ७–३, तेश्रोमा १२–४ र चौथोमा ६–१२ को प्रदर्शन ग¥यो । दुई खेलमा टाइम्सको पहिलो जित हो । त्यत्तिनै खेल खेलेको गोल्डेनगेट ‘बी’ पहिलो खेलमा पनि पराजित भएको थियो ।
रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको तेश्रो दिन आइतबार ५ खेल हुनेछ ।
