चार मुक्तक : ईश्वर साउद (भिक्षु)
कपन अनलाइन
काठमाडौँ, साउन ३१।
हरेक पाईलामा संघर्ष लुकेको छ
हिँड्दैजाँदा खुसीको हर्ष लुकेको छ
यात्रा कठिन हुन्छ गर्दै जाँदा हरपल
खुसियालीमा कैयौं वर्ष लुकेको छ ।
घुम्दै फेर्दै फेरि आयो नयाँ वर्ष
मनाउ मिलेर स्वागत उल्लास हर्ष
थपियोस् सबैको जीवनमा नयाँ पन
टुसाउन नयाँ कार्यक्रम र संघर्ष ।
निर्धक्क बस्ने आधार कहाँ छ
देखिदैन चोट प्रहार कहाँ छ
बैगुनीलाई गुन लगाउनु पनि भुल
दुःख पीडा बिना सवार कहाँ छ ?
राम्रो नराम्रो छुट्यौन नजान्ने सरकार कस्तो
के बिकास गर्ने बिचार कहाँ वारपार कस्तो
बिना गन्तव्यको यात्राले कहाँ पुराउँछ चौरासीमा
यस्तै गरि हिँड्ने हो भने खँदिलो सवार कस्तो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
