चार मुक्तक : क्षितिज बिरु राना

चार मुक्तक : क्षितिज बिरु राना

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

हिमाल, पहाड, तराईमा खण्डित गरेर
होचो, निचो, अग्लो, मध्यम घृणित गरेर
देशमा सुगम बस्ती हराभरा बनाउँदै गए
दुर्गम बस्तीहरूलाई दुर्गम मै सिमित गरेर ।

सोचेर छोरीको प्यार दाइजो दिएपछि
बहुमुल्य जो उपहार दाइजो दिएपछि
गरिबका छोरी जिउँदै जल्नु परेकोहो
धनीले सुनको दरबार दाइजो दिए पछि ।

देश र विकास गर्न बजेट गाउँपालिका पठाउँ
उज्यालो किरण छर्न बजेट गाउँपालिका पठाउँ
जन्ताको आशा र भरोसाको केन्द्र बनेर उभिनेहरू
गाउँमा नयाँ रङ्ग भर्न बजेट गाउँपालिका पठाउँ ।

जन्ता रुहाउँछ्न मन्त्री बन्नु पर्छ
सरकार तुहाउँछन मन्त्री बन्नु पर्छ
झट्ट हेर्दा विकास गर्छ जस्तो लाग्ने
गोठालो सुहाउँछ्न मन्त्री बनु पर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।