उज्यालाको खोजी : प्रा.डा. कपिल लामिछाने (लघुकथा)

उज्यालाको खोजी : प्रा.डा. कपिल लामिछाने (लघुकथा)

कपन अनलाइन

काठमाडौँ, साउन २४।

कोही मानिसहरू अरू सबैको उज्यालो सोहोरेर डकारिरहेका थिए । टाढाबाट उज्यालो देखिन्थ्यो । टाढा कतै डकारेको सुुनिन्थ्यो । डकारेको आवाजले झुपडीबस्तीमा भुुँइचालो आउँथ्यो । प्रकाशले यदाकदा आँखा खान्थ्यो । टाढाको उज्यालो देखेर यता पनि छरिन्छ की भनी कहिले आशा पनि पलाउँथ्यो ।
–उज्यालो थियो, तर सबैलाई थिएन ।
–डकार थियो, तर सबैलाई थिएन ।
–सबैमा आशा थियो, उपलब्धि थिएन ।
मानिसहरू एकजुट भएकी उज्यालो हामीले पाउनैपर्छ । उनीहरू उज्यालोतर्फ लम्किए । प्लेकार्ड बोके । नारा लगाए ।बालपेन्टिङ गरे । जुलुस गरे । भाषण गरे ।
तर
उज्यालो
भेटियो–भेटियो भयो भेटिएन ।
उज्यालोमा पुगियो–पुगियो भयो पुगिएन ।
मानिसहरू जति दर्गुथे उज्यालो उति नै पर पो भाग्दो रहेछ, तर उज्यालाको लडाँइ जारी छ । त्यो फगत मृगतृष्णा मात्र हुन सक्दैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।