CERIN को अन्तर विद्यालय फुट्सल प्रतियोगिताको चौथो संस्करण साउन २८ गतेदेखि हुने
कपन अनलाइन
काठमाडौँ, साउन २२ ।
नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्र (CERIN) र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना हुँदै आएको बुढानीलकण्ठ नगरपालिका अन्तर विद्यालय फुट्सल प्रतियोगिता को चौथो संस्करण यही साउन २८ गतेदेखि हुने भएको छ । प्रतियोगिता बुढानीलकण्ठ नगरपालिका–१३ स्थित भद्रकाली फुट्सल सेन्टरमा सञ्चालन हुनेछ।
CERIN ले विगत चार वर्षदेखि निरन्तरता दिँदै आएको यस प्रतियोगितामा बुढानीलकण्ठ नगर क्षेत्रका विभिन्न विद्यालयहरूको उल्लेखनीय सहभागिता हुँदै आएको छ।
खेल प्रतिस्पर्धाको माध्यमबाट विद्यार्थीहरूबीच आपसी मित्रता, अनुशासन र खेल भावना विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको CERIN ले जनाएको छ। प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, पहिलो र दोस्रो उपविजेता टिमहरूलाई पनि नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ।
साथै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक का लागि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। त्यस्तै, सहभागी हुने प्रत्येक विद्यालयलाई प्रमाणपत्र प्रदान गरिनेछ।
फारम बुझाउने अन्तिम म्याद: साउन २४ गते
दर्ता शुल्क: रू. २,०००।
प्रतियोगिता सञ्चालन मिति: साउन २८ देखि ३० गतेसम्म।
सम्पर्क: 9840305134 / 9803337263
