पक्षपात : गंगा खड्का ( लघुकथा)

पक्षपात : गंगा खड्का ( लघुकथा)

कपन अनलाइन
काठमाडौँ, साउन १७।

“ओहो रिमा दिदी ! ढिलै भएपनि वैवाहिकवर्षगाँठको शुभकामना है ।” सुमित्राले बाटामा भेटिएकी रिमालाई भनिन् ।
“धन्यवादबहिनी !” रिमाले कृतज्ञता व्यक्त गरिन् ।
“अनिदिदीवैवाहिकवर्षगाँठ त हिजो रेस्टुरेन्टमा गएर धुमधामले मनाउनुभएछ । खुबमजाभयो होला नि त ?”
“असाध्यै रमाइलो भयो ।” सुमित्राको सोधाइमा रिमाले जूनझैँ उज्यालो अनुहार पार्दै भनिन् ।
सुमित्राले एकाएकमुखाकृतिबिगार्दै भनिन्, “त्यत्रो धुमधामसँंग गरेको वर्षगाँठको कार्यक्रममा त हजुरका सासू ससुरा देखिनँ नि दिदी ।”
रिमा एकछिन केहीबोलिनन् । केही बेरपछि अलिअक्मकाउँदै भनिन्, “अँ, बुढाबुढी मान्छेलाई बेलुकीको समयमागाह्रो होलाभनेर नबोलाएको बहिनी ।”
“त्यो पनि ठिकै हो तर हजुरका बुबाआमाचाहिँआउनुभएको रहेछ त ।”
सुमित्राको कुरालाई टुङ्ग्याउने कोसिस गर्दै रिमाले भनिन्, “उहाँहरूलाई नबोलाए त चित्त दुखाइहाल्नुहुन्छ नि । मलाई हुर्काउन, बढाउन, पढाउन कमदुः ख गर्नुभएको छ र ?”
रिमालाई नाजवाफ बनाउँदै सुमित्राले प्रतिप्रश्न गरिन्, “त्यसो त तपाईंको श्रीमानका लागि पनि तपाईंका सासूसराले त्यत्तिकै दुः ख गर्नुभएको होला नि । उहाँहरूलाई नबोलाउँदा चाहिँ चित्त नदुख्ला र ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।