चार मुक्तक : रामकुमार श्रेष्ठ ‘फुच्चे’
कपन अनलाइन
काठमाडौँ, साउन १७।
खहरे नि डगमगाउछ तिमीलाई देखेपछि,
फुलहरू नि मगमगाउछ तिमीलाई देखेपछि ।
जुन हेरेर टोलाउन पुग्छु तिम्रै यादमा किन,
दीयो पनि जगमगाउछ तिमीलाई देखेपछि ।
सरकार रोजगार दिलाउछु भन्छ राजधानी बसेर,
लुट्न मै व्यस्त छन् कोही आफैआफैमा कम्मर कसेर ।
जन्ती अनि मलाम जाने भेटिनछाडीसके गाउमा अचेल,
दैनिक लाखौं नौजवान युवाहरू सबै मुग्लान पसेर ।
सबै कुराको रहर हरायो एक्लोपन रमाइलो मानेको छु,
तिम्रो खुशीको बजारमा आँशुको पसल थापेको छु ।
जिन्दगी नै दिँदा समेत पुग्दैन कसै कसैलाई यहाँ,
बोलेर गलत भईन्छ रत अन्तिम उपाय मौनता राखेको छु ।
यात्रीलाई हेर्नुस् त रुझेपछि कोही ओत पस्छ र,
समय न हो एकनास कसैलाई कहाँ डस्छ र ।
आउछ मलामीले ज्याला माग्ने दिन अवश्य पर्ख,
हुन त विश्राम पुगेपछि चौतारीमा को बस्छ र ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
