चार मुक्तक : निर्मल पौडेल एन पी घायल

चार मुक्तक : निर्मल पौडेल एन पी घायल

कपन अनलाइन
काठमाडौँ, साउन १७।
सानो अनि यो जात ठुलो कस्ले बनायो !
छोइने पानी तिम्रो चुलो कस्ले बनायो ?
श्रम सीप नछोइने तिम्रो मस्तिष्कमा ।
मानवियता भूइँको धुलो कस्ले बनायो ।

गरेथेँ मुटुको प्रेम उस्ले पत्थर बनायो ।
यो जिन्दगीले पनि भर न घर बनायो ।
बुद्ध जस्तो छोरो जन्माएकी हौ आमा !
तर समयले यतिबेला हिटलर बनायो ।

भाले बासो जाउ भो अब भन्दा सुनेको थेँ ।
छिटो लुगा लाउ भो अब भन्दा सुनेको थेँ ।।
मर्निङ्ग वाकमा हिँडेथेँ म यस्तै कानमा पर्यो  !
अन्तिम चुप्पा, खाउ भो अब भन्दा सुनेको थेँ ।।

म मरेको पल तिमिले भोज गर्नु केही भन्दिन ।
र जोगिएको केही अस्मिता हर्नु केही भन्दिन ।।
नोटमा खेल्न चाहिन गरिव बनायो जिन्दगीले ।
तिम्ले पैसाकै चिता बनाएर मर्नु केही भन्दिन ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।