भोकै रुँदै : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौँ, साउन १७।
१.कुर्दै छु बाटो, कति हेर्नु टाढा
बाबा छ भन्थ्यौ, अति प्रेम गाढा
छाड्यौ जहाँचित्तथुनेर टम्म
भोकै रुँदै त्यैँ म छु आजसम्म
२. जन्मेँअरुझैँ जब यै धरामा
यै सृष्टिको सुन्दर टाकुरामा
पाए सबैले घर बास रम्य
भोकै रुँदै त्यैँ म छु आजसम्म
३.आएन खै बिस्कुट हो कि धोकै
बाबा नि यस्ता छ यहाँउदेकै
टेकूँजिमी यो कसरी अचम्म
भोकै रुँदै त्यैँ म छु आजसम्म
४. मैलो धुलोमा म लडेर ब्युँझैँ
अत्यास पोल्दो छ डढेर ब्युँझेँ
पुग्दा घरै भात रुच्यो कि गम्म?
भोकै रुँदै त्यैँ म छु आजसम्म
५. देख्दा पराई डर मान्नसक्छे
भोकी छ छोरी कति धान्नसक्छे
सोच्दैन छाती छ कठोर डम्म ?
भोकै रुँदै त्यैँ म छु आजसम्म
६. आएगए को कति के हिसाब
पाएर होला अब के निसाफ?
के शक्तिपाई हिँडूँ ठम्म ठम्म?
भोकै रुँदै त्यैँ म छु आजसम्म
७. माया दयाबाट बनेर रित्तो
यो सभ्यतामार्न खन्यौ उछित्तो
जन्माउँदै फाल्नु हुनेछ क्षम्य?
भोकै रुँदै त्यैँ म छु आजसम्म
८. आमा समातेर नयाँभगाँलो
पाएर नानी रहँदाउज्यालो
आउन्न स्वस्तीतिर यादझम्म?
भोकै रुँदै त्यैँ म छु आजसम्म
९. बाबाभनौँबुध्दिविवेक छैन
छोडे सुनेरै मुटु हुन्छ झन्न
एकान्त बाटो सुनसान डम्म
भोकै रुँदै त्यैँ म छु आजसम्म
१०.आमा र बाबा गरिमा उचाहुन्
फाले तिनैले किन के बताऊन् ?
यै प्रश्नले छोप्छ समस्त घम्म
भोकै रुँदै त्यैँ म छु आजसम्म
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
