बुढानिलकण्ठ-३ को हिले खेलकुद प्रतियोगितामा बाल विकास बोर्डिङ हाई स्कुलको सफलता

बुढानिलकण्ठ-३ को हिले खेलकुद प्रतियोगितामा बाल विकास बोर्डिङ हाई स्कुलको सफलता

कपन अनलाइन

काठमाडौं, असार ३१  ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ द्वारा आयोजित ‘हिले खेलकुद प्रतियोगिता २०८२’ मा  बाल विकास बोर्डिङ हाई स्कुलका विद्यार्थीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् ।

विभिन्न विद्यालयबाट सहभागी प्रतिस्पर्धीहरूलाई उछिन्दै उक्त प्रतियोगितामा छात्रातर्फ  सुस्मिता गिरी, पेमलक्की तामाङ ,समीक्षा कठायत निमपसि शेर्पा र जेनी काफ्ले प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी द्वितीय स्थान पनि बाल विकास बोर्डिङ हाइ स्कुलकै पोल्टामा परेको छ ।नुमा लामा ,सदिक्षा भुजेल ,सीता श्रीस ,एलिसा छन्त्याल र आइस्मा श्रेष्ठले छात्रातर्फको द्वितीय स्थान हासिल गर्न सफल भएका छन्  ।

एकल दौड प्रतियोगिता पनि सञ्चालन भएको सो प्रतियोगितामा एकल दौडतर्फ  कक्षा १० मा अध्ययनरत सुशील तामाङ द्वितीय हुन सफल भएका छन् ।

खेलकुदमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार हात पारिसकेको बाल विकास बोर्डिङ हाई स्कुलले हिले खेलजस्तो नौलो खेल खेलाएर विद्यार्थीका खेलकुदप्रतिको उत्साहलाई अझै बढाइदिएकोमा आयोजकप्रति कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेको छ।

तपाइँको प्रतिक्रिया ।