बुढानिलकण्ठ-३ को हिले खेलकुद प्रतियोगितामा बाल विकास बोर्डिङ हाई स्कुलको सफलता
कपन अनलाइन
काठमाडौं, असार ३१ ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ द्वारा आयोजित ‘हिले खेलकुद प्रतियोगिता २०८२’ मा बाल विकास बोर्डिङ हाई स्कुलका विद्यार्थीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् ।
विभिन्न विद्यालयबाट सहभागी प्रतिस्पर्धीहरूलाई उछिन्दै उक्त प्रतियोगितामा छात्रातर्फ सुस्मिता गिरी, पेमलक्की तामाङ ,समीक्षा कठायत निमपसि शेर्पा र जेनी काफ्ले प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
त्यसैगरी द्वितीय स्थान पनि बाल विकास बोर्डिङ हाइ स्कुलकै पोल्टामा परेको छ ।नुमा लामा ,सदिक्षा भुजेल ,सीता श्रीस ,एलिसा छन्त्याल र आइस्मा श्रेष्ठले छात्रातर्फको द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।
एकल दौड प्रतियोगिता पनि सञ्चालन भएको सो प्रतियोगितामा एकल दौडतर्फ कक्षा १० मा अध्ययनरत सुशील तामाङ द्वितीय हुन सफल भएका छन् ।
खेलकुदमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार हात पारिसकेको बाल विकास बोर्डिङ हाई स्कुलले हिले खेलजस्तो नौलो खेल खेलाएर विद्यार्थीका खेलकुदप्रतिको उत्साहलाई अझै बढाइदिएकोमा आयोजकप्रति कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेको छ।


