हे भगबान देउ बुद्धि सबैलाई : कमला श्रेष्ठ (कविता )

हे भगबान देउ बुद्धि सबैलाई : कमला श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाडौं,असार २१ ।

हे भगवान् देउ बुद्धि सबैलाई
नहोस धोका जीवनमा कसैलाई ।
मानिसले मानिसलाई चिन्नै गारो भयो ।
दुख दिने मानिसलाई मानिस भैदियो ।
कतिपनि डर छैन मानिसलाई भगबानको आज ।
केहि बुझन सकिन है आज मानिसको राज ।
कमाउनै पर्छ धन राम्रो काम गरी
कसैलाई अन्याय र अत्याचार नगरी ।
दुई दिनको जिन्दगानि ईन्द्र कमल हवस ।
चारैतिर बासनाको सुबासलाई छरोस ।
यता सोच्छु उता सोच्छु मन हुन्छ भरंग ।
मनभित्र उठछ मेरो अनेक तरंग ।
सत्य भन्ने कता गयो असत्यको राज ।
जता हेरयो उतै देख्छु भाछ भाड भैला ।
किन होला शान्ति छैन जता हेरे पनि ।
कति कुरा देखिन्छ है हृदयलाई छुने ।
ठुला मान्छे ठुलै हुन्छन् धन सम्पति उनकै ।
थिचिएर मिचिए छन् जनता गाऊँ घरकै ।
पाहाडको काखमा छ सानो सानो घर ।
कमाईगरी खानु पर्छ जान्छन् परपर ।
कति मान्छे बाहिरीए छन् नेपालबाट ।
थोरैलाई सुख होला धेरैलाई छ घाटा ।
पढेलेखे छैनन् धेरै सोझा साझा भाइ ।
जा गएनि पिर मर्का पर्छ तिनैलाई
देशको बिकाश गरन भनि नेता भय धेरै ।
धेरै पार्टी खोलेका छन काम गर्छांै भनेरै ।
कसको बिश्वाश गर्ने जनता सोझा साजा धेरै ।
धेरै सोजा भएरनै दुख पाउछन बेर बेरै ।
सबैकोहो एउटै धेय देशको बिकास गरने ।
शाशक जस्तो भई किन एक अर्कोलाई दबाउने ।
यो मनको कल्पनाले केके कुरा सोच्छ
नेपालीको मन भित्र धेरै पिरमर्का छ ।
नाना कुरा आउछ मनमा संझि ल्याउदा खेरी ।
कलि युगले ब्याप्त भयो यो संसार बेसरी ।
छैनसुख मानिसलाई आज
जैलेपनि दिलैमा डर लाग्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।