दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाडौं,असार २१ ।
फुत्रुक्क फुत्रुक्क छुनुमुनु छुनुमुनु
टप्प टप्प गुनुगुनु गुनुगुनु
चीँ चीँ चुँ चुँ सधै वसन्त
घरकी भँगेरी झुनुनुनु झुनुनुनु ।
सम्हालेर राख्दाराख्दै
स्वाद यस्को चाख्दाचाख्दै
अमूल्य यो जिन्दगानी
जानैलाग्यो देख्दादेख्दै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
