जनउद्धार माविमा हाम्रो पहिचान हाम्रो संस्कृति तथा उद्यमशीलता कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, असार १३/रुबी बोहरा
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ गाम्चामा अवस्थित जन उद्धार माध्यमिक विद्यालयमा हाम्रो संस्कृति हाम्रो पहिचान असार महिनाको १३ गते सम्पन्न भएको छ।
जनउद्धार माविद्वारा आयोजित यस कार्यक्रमको उद्देश्य भनेको आफ्नो संस्कृति र पहिचान लाई लोप हुन नदिने तर त्यसलाई जोगाएर राख्ने उद्देश्यले आयोजना भएको हो।
यस कार्यक्रमको संचालिका शिक्षक अप्सरा घिमिरे र अतिथिको रुपमा यस बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारी ज्यू , शिक्षा तथा खेलकुद शाखाका प्रमुख ललितविक्रम सिंह र विभिन्न विद्यालयको प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको सदस्य रहेका थिए।
यस कार्यक्रममा विद्यार्थीहरूले आआफ्नो जातिगत अनुसार को पोषकले सजिएर र आफ्नो जातिगत अनुसारको परिकारहरू पनि तयार पारिएको थियो। हाम्रो पहिचान हाम्रो संस्कृति कार्यक्रम सँगसँगै १० कक्षाका विद्यार्थीहरूले उद्यमशीलताको विभिन्न स्टलहरू राखेका थिए।
यस कार्यक्रममा धेरै विद्यार्थीहरूले आफ्नो जातिगत अनुसारको गीतको बोलमा नृत्य तथा नाटक पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा धेरै राम्रा राम्रा प्रस्तुतिहरू देखाइएको थियो यसका साथसाथै विद्यालयद्वारा प्रदान गरिएको जातिगत अनुसारको परिकारहरू पनि सबै विद्यार्थीले मिठो मानेर खाएका थिए।
जनउदार माविले विगत लामो समयदेखि यस कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा आज २०८२ साल असार महिना १३ गते पनि असल र सभ्यपूर्वक सम्पन्न भएको छ।
( रुबी बोहरा जन उद्धार माविमा अध्ययनरत कपन अनलाइनकि प्रशिक्षार्थी पत्रकार हुन)


