बालकुमारी माध्यमिक विद्यालयमा लोकसेवा तयारी कक्षा  सम्पन्न

बालकुमारी माध्यमिक विद्यालयमा लोकसेवा तयारी कक्षा  सम्पन्न

कपन अनलाइन

काठमाडौं , असार ५ ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको बालकुमारी माध्यमिक विद्यालयमा लोकसेवा तयारी कक्षा  सम्पन्न भएको छ।
बुढानीलकण्ठ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाले नगरका छवटा विद्यालयमा छ फरक विधाका कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा बालकुमारी माध्यमिक विद्यालयमा लोकसेवा तयारी कक्षा सञ्चालन भएको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा भएको  समापन कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिकि संयोजक शान्ता ढकाल पुडासैनी प्रमुख अतिथि रहेकी थिइन।
नेपालको निजामती सेवामा प्रवेश गर्न चाहने तयारी गरिरहेका प्रशिक्षार्थीहरूलाई विभिन्न विषयहरूमा प्रशिक्षण प्रदान गरिएको कार्यक्रम समापनमा विध्यालयका संस्थापक अध्यक्ष शिव प्रसाद न्यौपाने , विध्यालय ब्यवस्थापन समिति सदस्यहरु रिता धिताल , सावित्री भट्टराई र पद्मा क्षेत्री  लगायत अतिथि रहेका थिए।

<span;>उक्त तालिममा बुढानिलकण्ठ नगरपालिका शिक्षा महाशाखाका प्रमुख ललित विक्रम सिंह, केदारराज पुडासैनी, नारायणबाबु तिमल्सिना, शम्भु अधिकारी| दिपेन्द्र विक्रम थापा डाक्टर घनश्याम खतिवडा, छन्द प्रसाद आचार्य लगायतले विभिन्न विषयहरुमा प्रशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक बेद प्रसाद खतिवडाले जानकारी दिएका छन।

बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन रहेको उक्त तालिमको समापन कार्यक्रमको संचालन प्रधानाध्यापक इन्द्र बहादुर राइले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।