बालकुमारी मावि बुढानिलकण्ठ -१२ मा लोक सेवा तयारी कक्षा संचालन ,भोलि समापन

बालकुमारी मावि बुढानिलकण्ठ -१२ मा लोक सेवा तयारी कक्षा संचालन ,भोलि समापन

कपन अनलाइन

काठमाडौं , असार ४ ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको बालकुमारी माध्यमिक विद्यालयमा लोकसेवा तयारी कक्षा सञ्चालन भइरहेको छ।
बुढानीलकण्ठ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाले नगरका छवटा विद्यालयमा छ फरक विधाका कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा बालकुमारी माध्यमिक विद्यालयमा लोकसेवा तयारी कक्षा सञ्चालन भएको हो। एक महिना सञ्चालन भएको  सो तालिममा नेपालको निजामती सेवामा प्रवेश गर्न चाहने तयारी गरिरहेका प्रशिक्षार्थीहरूलाई विभिन्न विषयहरूमा प्रशिक्षण प्रदान गरिएको हो।
उक्त तालिममा बुढानिलकण्ठ नगरपालिका शिक्षा महाशाखाका प्रमुख ललित विक्रम सिंह, केदारराज पुडासैनी, नारायणबाबु तिमल्सिना, शम्भु अधिकारी| दिपेन्द्र विक्रम थापा डाक्टर घनश्याम खतिवडा, छन्द प्रसाद आचार्य लगायतले विभिन्न विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए।

बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन रहेको उक्त तालिमको समापन असार ५ गते बिहान ८ बजे हुने विद्यालयका सहायक प्रधानाध्यापक तथा संयोजक  वेदप्रसाद खतिवडाले जानकारी दिएका छन्|

तपाइँको प्रतिक्रिया ।